२१ भदौ, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत हङकङविरुद्धको खेलका लागि १८ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । जसको कप्तानी पारस खड्काले गर्नेछन । यो टोलीमा भेट्रान स्पिनर शक्ति गौचन भने अटाएनन् उनी पछिल्लो समय पायल्सबाट पीडित रहेका छन् । बुधबार घोषित नेपाली टोलीको बलिङतर्फ बसन्त र सन्दिपसँगै सुशील कँडेल र सुशन भारी छन् । यस्तै महबुब आलमसँगै टी–२० विश्वकपपछि टोलीमा फर्कन प्रयासरत जितेन्द्र मुखिया पनि अन्तिम १८ मा अटाएका छन् । टोलीमा ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, सोमपाल कामी, सागर पुन र विनोद भण्डारी छन् । यस्तै करण केसी, नरेश बुढायर, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछाने पनि टोलीमा परेका छन् । २५ सदस्यीय टोलीमा रहेका अविनाश कर्ण, ललित सिंह भण्डारी, विक्रम शोव, दिलिप नाथ, हमिद अन्सारी र सुनिल धमला भने आउट भएका छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ २०, २०७४