२१ भदौ, काठमाडौँ । एपी वान टेलिभिजनको रियालिटी शो ‘नेपाल आइडल’ विवादमा परेको छ । ‘नेपाल आइडल’ विरुद्ध दायर रिटमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीवाकर भट्टको इजलासलेले बुधबार विपक्षीका नाममा आदेश दिँदै शुक्रबारसम्म भोट नगन्न अल्पकालीन आदेश दिएको छ । आइडलविरुद्ध सोमबार अधिवक्ता यज्ञमणि न्यौपानेले करार ऐन २०५६ को दफा ८७ को देहाय १ र २ बमोजिम रिट निवेदन दिएका थिए । काठमाडौं जिल्ला अदालतका रजिष्ट्रार कृष्ण शर्माले भदौ २३ गतेसम्म सो भोट गणना गर्ने कार्य नगर्नु नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश जारी भएको जानकारी दिए । अदालतले भदौ २३ का लागि दुबै पक्षलाई बोलाएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २०, २०७४