२१ भदौ, काठमाडौं । सरकारका प्रवक्ता एंव सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपाल टेलिकम डुवाउने काममा टलिकम भित्रकै केहि कर्मचारी संलग्न रहेको आरोप लगाउनु भएको छ ।
टेलिकमको सेवा अबरुद्ध गरि त्यहि भित्रको सेवा सुबिधा लिएर बसेका कर्मचारी संलग्न भएको जानकारी प्राप्त भएको बताउदै मन्त्री बस्नेतले भने अनुगमन गरी कारबाही गर्न प्रक्रिया आरम्भ भइसकेको जानकारी दिए ।
बुधबार नेपाल टेलिकमका प्राविधिकहरुको काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले टेलिकमको ठेक्का पट्टाको काम लिने तर नगर्ने कम्पनीहरुको सम्झौता रद्द गर्ने समेत सो अवसरमा चेतावनी दिए ।
मन्त्री बस्नेतले आगामी कात्तिक मसान्तभित्र टेलिफोन सेवा सुधार नभए नेपाल टेलिकम प्रशासनलाई कारबाही गरिने पनि प्रतिबद्धता जनाए । बस्नेतले कर्मचारीहरुले एक ढिक्का भएर निश्वार्थ भावका साथ काम गरे टेलिकम मुलुककै समृद्ध संस्था हुने र त्यसले मुलुकलाई आर्थिक रुपमा सबल बनाउने विश्वास पनि व्यक्त गरेका छन् । टेलिकमका उपभोक्ताहरु बाट निरन्तर उसको सेवा गुणस्तरिय नभएको गुनासो सुनिने गरिएको सन्दर्भमा मन्त्री बस्नेतले यस्तो आरोप लगाएका छन ।
प्रकाशित मिति: मंगलबार, भदौ २०, २०७४