२१ भदौ, काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा आज चीन प्रस्थान गरेका छन । महरा चीनीयाँ समकक्षीको निमन्त्रणामा महरा ६ दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ गएका हुन । बेइजिङमा महरा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेटघाट गर्ने कार्यक्रम छ । महराले चिनियाँ कम्युनिष्ट पार्टीका एक उच्च नेतासँग पनि भेट गर्नेछन । तर भ्रमणमा कुनै सम्झौता वा समझदारीमा भने हस्ताक्षर नहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । नयाँ संविधान घोषणापछि चीन भ्रमणमा जाने महरा दोस्रो परराष्ट्रमन्त्री हुन् । यसअघि केपी ओली नेतृत्व सरकारका तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले चीनको ६ दिने भ्रमण गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, भदौ २०, २०७४