१९ भदौ, काठमाडौँ । सरकारले दरवारमार्गका ४ ब्राण्डेड नाइक, बेन्टले, स्टोर वान, पुमा, पसलमा सिलबन्दी गरेको छ । आपूर्तिमन्त्री शिवकुमार मण्डल नेतृत्वको संयुक्त बजार अनुगमन टोलीले ती पसलमा सिल गरेको हो । मण्डलले ९ सयदेखि २३ सय प्रतिशतसम्म नाफा खाएर बस्तु बिक्री गरेको पाइएपछि सिलबन्दी गरिएको जानकारी दिए । उने भने ‘ती पसलले ‘सेल’को नाममा उपभोक्ता ठगेका छन । अनुगमनका क्रममा २ हजार ६ सय रुपैयाँ मूल्यमा खरिद गरिएको नाइक ब्राण्डको जुत्तालाई २६ हजार रुपैयाँसम्म नाफा खाएर बिक्री गरेको पाइयो । त्यस्तै, एक सय रुपैयाँ खरिद मूल्य रहेको जुत्तालाई २ हजार ४ सय रुपैयाँसम्म नाफा खाएर बिक्री गरेको पाइयो ।’ उनले कालोबजारी ऐनमा २० प्रतिशतभन्दा बढी नाफा खान नपाइने व्यवस्था भए पनि व्यापारीहरूले आफूखुसी मूल्य कायम गरी उपभोक्ता ठगेको बताए ।
प्रकाशित मिति: आइतबार, भदौ १८, २०७४