१९ भदौ, काठमाडौँ । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि यही भदौ १४ गतेदेखि लागु गरेको निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ । आचारसंहिता लागु हुने नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल, व्यक्ति निकाय तथा पदाधिकारीलाई आचारसंहिता कार्यान्वयन गर्न आयोगले अनुरोध गरेको हो । आचारसंहिता फिर्ता लिएको भनी भ्रम सिर्जना गरिएकोप्रति थप स्पष्ट गर्दै आचारसंहिता कार्यान्वयन गर्न/गराउन आयोग प्रतिबद्ध रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिर १० र २१ गते एकैपटक दुई चरणमा हुने घोषणा भइसकेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १८, २०७४