१६ भदौ, चितवन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश र संघको निर्वाचन एकै चरणमा हुनुपर्ने बताएका छन । नेपाल दूरसञ्चार कर्मचारी संघको आठाँै केन्द्रीय परिषद्को शुक्रबार पूर्वी चितवनको रत्ननगरमा उद्घाटन गर्दै उनले एकै चरणमा निर्वाचन हुँदा सबैलाई सहज हुने भए पनि सरकारले मंसिरमा चरणबद्ध निर्वाचन गर्न लागी जनता झुक्काउने काम गरेको दोषारोपण गरे । समय समयमा मिति सार्दै जाँदा निर्वाचन नहुने खतरा बढ्ने बताउँदै उहाँले सरकार निर्वाचन गराउनभन्दा पनि कर्मचारी भर्ना, सरुवा, बढुवामा लागेको आरोप लगाए । उनले नेपाल टेलिकमका कर्मचारीलाई राजनीति छाडेर गुणस्तरीय सेवा दिनेतर्फ लाग्न आग्रह गरे ।
प्रकाशित मिति: बिहीबार, भदौ १५, २०७४