१४ भदौ, काठमाडौँ । निर्वाचन क्षेत्र निर्धारण आयोगले बुधबार आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोग अध्यक्ष कमलनारायण दासले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएका हुन् । संविधान अनुसार संघीय संसदका लागि १६५ र प्रदेश सभाका लागि २३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रसहितको प्रतिवेदन बुझाइएको छ । प्रतिवेदनमा एक नम्बर प्रदेशमा २८, २ नम्बर प्रदेशमा ३२, ३ नम्बर प्रदेशमा ३३, ४ नम्बर प्रदेशमा २८, ५ नम्बर प्रदेशमा २६, ६ नम्बर प्रदेशमा १२ र ७ नम्बर प्रदेशमा १६ निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । प्रतिवेदन अनुसार अब ३५ जिल्लामा जिल्लामा एउटामात्र निर्वाचन क्षेत्र भएको छ । सबैभन्दा धेरै १० निर्वाचन क्षेत्र भने काठमाडौंमा छ । यसैगरी दुईवटा निर्वाचन क्षेत्र हुने जिल्ला २१, तीनवटा निर्वाचन क्षेत्र हुने जिल्ला ७, चारवटा निर्वाचन क्षेत्र हुने जिल्ला ९, पाँच निर्वाचन क्षेत्र हुने जिल्ला तीन र ६ निर्वाचन क्षेत्र हुने जिल्ला एउटा छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १३, २०७४