१४, भदौ, काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचार संहिता उल्लंघन गर्नेलाई कारबाही गर्न सम्बन्धित जिल्लाका प्रमुखलाई निर्देशन दिएको छ । आयोगले यसअघि पनि आचार संहिता विपरितका काम नगर्न सचेत गराए पनि उल्लघंन गर्ने क्रम नरोकिएको भन्दै कारबाही गर्न पुनः निर्देशन दिएको हो । आयोगले दोस्रो पटक सूचना निकालेर प्रदेश नम्बर २ मा असोज २ गते हुन लागेको चुनावको लागि आचार संहिता लागु भैसकेको अवस्थामा केही दलले आचार संहिता विपरितका काम गरिरहेकाले उनीहरुलाई कारबाही गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी, मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १३, २०७४