१४ भदौ, काठमाडौँ । विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेको लहर नै चलेको छ । बुधबार मात्रै सिन्धुपाल्चोक जिल्लाका तरुण दल अध्यक्ष दोर्जे लामा, तत्कालिन तातोपानी गाविसमा दुई पटक अध्यक्ष जितेका अमृत खड्का, कांग्रेसका क्षत्रीय सदस्य विष्णु श्रेष्ठलसहित सिन्धुपाल्चोकका दुई सय पचास बढी नेपाली कांग्रेसका कार्यकर्ता एमाले प्रवेश गरेको एमालेका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । उनीहरुलाई एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा उपाध्यक्ष वामदेव गौतमले टिका लगाएर एमाले प्रवेश गराए । प्रवेश गर्नेमा रमेश प्रधान, उर्मिला प्रधान, मनिष प्रधान, लालबाबु प्रधान, भरत प्रधान, लक्पा शेर्पा, पासाङ तामाङ, सुर्खे तामाङ, पेम्वा तामाङ, छिरिङ डोल्मा ह्याल्यो, सञ्जय ह्याल्यो, साङदोर्जे ह्याल्यो, ईश्वर तामाङलगायत छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ १३, २०७४