१४ भदौ, काठमाडौँ । नेकपा एमालेले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा गर्ने सरकारको निर्णय गलत भएको दाबी गरेको छ । सरकारले निर्वाचनको मिति घोषणा गरेको केही घण्टापछि प्रतिक्रिया दिँदै एमाले अध्यक्ष ओलीले सरकारले प्रदेश र केन्द्रीय निर्वाचन दुई चरणमा (मंसिर १० र २१ गते) गर्ने निर्णय गरेको भन्दै त्यसको चर्को बिरोध गरे । ‘हामीले मंसिर ४ मा निर्वाचन गरौँ भनेको हो । निर्वाचन आयोगले नै मतपत्र छाप्ने लगायतएका काम गर्न समस्या हुन्छ भनेपछि १० मा गर्न सहमत भएका हौँ,’ ओलीले भने ‘तर, अहिले कुनै पनि छलफल नै नगरी औचित्य पुष्टि नगरी मंसिर १० र २१ मा निर्वाचन गर्ने निर्णय सरकारले गरेर गलत गरेको छ । मतपेटिकाको सुरक्षालगायतका सन्र्दभले पनि यो निकै गलत छ ।’
प्रकाशित मिति: मंगलबार, भदौ १३, २०७४