१४ भदौ, काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारीको नयाँ नेतृत्वका लागि आज केही बेरपछि मतदान हुँदै छ । विहान १० बजेदेखि हुने भनिएको मतदान अहिले दिउँसो १ बजेदेखि बेलुकी ६ बजसेम्म गर्ने तयारी गरिएको निर्वाचन समितिले जनाएको छ । यस अघि विहान १० बजेदेखि दिउँसो ४ बजेसम्मका लागि मतदान गर्ने समय तोकिएको थियो । प्राविधिक कारणले मदतानको समय सार्नु परेको समितिले जनाएको छ । क्रान्तिकारीमा इतिहासमा पहिलो पटक नेतृत्वका लागि निर्वाचन हुन लागेको हो । नयाँ नेतृत्वका लागि अध्यक्षमा अनिल शर्मा र रञ्जित तामाङ चुनावी मैदानमा छन । मतदानबाट तेत्तीस पदाधिकारीसहित २४३ नयाँ केन्द्रीय समिति निर्वाचित हुनेछ ।
प्रकाशित मिति: मंगलबार, भदौ १३, २०७४