९ भादौ, काठमाडौँ । राष्ट्रिय जनता पार्टीले स्थानीय निर्वाचन प्रयोजनका निम्ति ६ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गरेको छ । जितेन्द्र सोनल, मनिष सुमन, केशव झा, हरेन्द्र यादव, सिपी सिंह र कौशलेन्द्र मिश्र समितिमा रहेका छन् । समितिलाई पाँच दिनभित्र घोषणापत्रको मस्यौदा पेश गर्ने समयावधि रहेको समितिका सदस्य केशव झाले जानकारी दिए । उनले समितिको बैठक आजैबाट बसी घोषणापत्रको काम शुरु गरेको जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, भदौ ८, २०७४