९ भदौ, काठमाडौँ । निर्वाचन आयोगले दुई नम्बर प्रदेशमा तेस्रो चरणमा असोज २ गते हुने स्थानीय तह निर्वाचनमा राजनीतिक दलका तर्फबाट विभिन्न पदमा उठ्ने उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने दलको पदाधिकारीको दस्तखतको नमुना मागेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको हो । आयोगले उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको सम्बन्धित दलको पदाधिकारीको नाम, थर र दस्तखतको नमूना आयोग केन्द्रीय कार्यालय कान्तिपथ काठमाडौंमा भदौ १३ गतेसम्म बुझाउन आग्रह गरेको छ । दस्तखतको नमुना आयोगमा बुझाउँदा राजनीतिक दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिको निर्णय संलग्न गराउनुपर्ने आयोग प्रबक्ता सूर्यप्रसाद शर्माले जनाए ।
प्रकाशित मिति: बिहीबार, भदौ ८, २०७४