८ भदौ, काठमाडौँ । बाढीले बगाएर घाइते भएको दुर्लभ एकसिंगे गैँडाको उपचारकै क्रममा आज अपराह्न मृत्यु भएको छ । बाढीले बगाएर पूर्वी चितवनको कुमरोज सामुदायिक वनमा ल्याइपु¥याइएको घाइते गैँडाको आज अपराह्न मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए । उनका अनुसार अघिल्लो हप्ता चितवनको राप्ती नदीमा आएको बाढीले अन्दाजी १६, १७ वर्षको भाले गैँडालाई बगाएर कुमरोजस्थित चितवन राष्ट्रिय निकुञ्जको जनकपुर पोष्ट नजिकै ल्याएको थियो । बाढीका कारण गर्धन तथा खुट्टामा गम्भीर चोट लागेको उक्त गैँडाको पशु चिकित्सकको टोलीले उपचार गरिरहेको थियो ।
प्रकाशित मिति: बुधबार, भदौ ७, २०७४