७ भदौ, काठमाडौं । गत एक वर्षमा नेपालीको प्रतिव्यक्ति ऋण ३ हजारले बृद्धि भएको छ । राष्ट्र बैंकको आर्थिक वर्ष २०७३÷७४ को प्रतिवेदन अनुसार गत असारसम्ममा सरकारले तिर्न बाँकी ऋण ६ खर्ब ९७ अर्ब ३७ करोड रहेको छ । केन्द्रिय तथ्यांक बिभागको प्रक्षेपण अनुसार यसवर्ष (सन् २०१७) को जनसंख्या लगभग २ करोड ८८ लाख रहेको छ । यसआधारमा हेर्दा प्रति नेपालीको थाप्लोमा २४ हजार १ सय ४७ रुपैयाँ ऋण पुगेको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ६, २०७४