३२ साउन, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन । आज बिहान चावहिलस्थित ओम अस्पतालमा पुगेर उनले त्यहाँ उपचाररत नेता निधिको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियाले जानकारी दिए । सोमबार राति अचानक पेट दुखेपछि नेता निधि चावहिलस्थित ओम अस्पतालमा भर्ना भएका थिए । नेता निधिलाई ग्यासट्राइटिस सिभियरको समस्या देखिएको उपचारमा संलग्न डा राहुल पाठकले जानकारी दिएका छन ।
प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७४