३० साउन, काठमाडौँ । बाढीका कारण विराटनगरबाट बेपत्ता भएका मध्ये सात जना नेपालीको शव भारतमा फेला परेको छ । भेटिएका शब मध्ये चारजनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । रेल्वे स्टेशन नजिकै मंगोलियन अनुहार भएका एक पुरुष र तीन महिलाको शव फेला परे पनि उनीहरुको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोरङमा बाढीमा परी १९ जनाको मृत्यु भएको छ । गत शनिबार दिउँसोबाट बेपत्ता भएका मध्ये विराटनगर–१३ कारोशन लुइँटेल र मनोज पासवान तथा विराटनगर–१२ का निश्चल घिमिरेको शव भारत जोगबनीको रेल्वे स्टेशन नजिकै फेला परेको हो । प्रहरीका अनुसार मोरङमामात्र ८ हजार ५ सय घर डुबानमा परेका छन । तीमध्ये आधा परिवार विस्थापित भएका छन् । कर्सिया, बेलबारी, मोतिपुर, दामरभिट्टा र गोबिन्दपुरको प्रहरी युनिटमा क्षतिभई पर्खाल समेत भत्किएको छ ।
प्रकाशित मिति: आइतबार, साउन २९, २०७४