३० साउन, महोत्तरी । हास्यकलाकार सीताराम कट्टेलले महोत्तरी जिल्लाको भंगाहा–४ रामनगरका बाढीपिडित ३५ परिवारलाई राहत वितरण गरेका छन । आइतबार साँझ काठमाडौँबाट बर्दिवास पुगेका धुर्मुसले आइतबार राति भंगाहा–४ रामनगरको मुसहर बस्तीका बाढीपीडित ३५ परिवारलाई राहत प्रदान गरेका हुन । चिउरा, मुरी (भुजा) बिस्कुट, चाउचाउ लगायतका तयारी खानेकुरा र एक/एकवटा टर्चलाइट धुर्मुसले ३५ परिवार बाढीपिडितलाई दिएका छन । धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्षसमेत रहेका कट्टेलले आपत् परेका बेला तत्काल मलहम लगाउन आपूm केही खाद्यवस्तु र टर्चलाइट लिएर बाढीपीडित भेट्न आएको बताए ।
प्रकाशित मिति: आइतबार, साउन २९, २०७४