२९ साउन, काठमाडौँ । अबिरल वर्षासँगै आएको बाढी पहिरोका कारण अहिलेसम्म ५० जनाको ज्यान गएको छ । गृहमन्त्रालयले भने बाढी पहिरोमा परि ४० जनाको ज्यान गएको पुष्टि गरेको छ । अहिलेसम्म सुनसरीमा ९, रौतहटमा ६, मोरङमा ५, सिन्धुली र झापामा ४/४, सुर्खेत, सर्लाही, पाँचथर र बाँकेमा ३/३, बारा, मकवानपुर, दाङ र बर्दियामा २/२, तथा पाल्पा र धनुषामा एक÷एक जनाको ज्यान गएको जनाएको छ । मकवानपुरको बकैया गाउँपालिकामा बाढीले बगाउँदा एकै घरका ६ सहित ७ जना सम्पर्क्बिहीन भएका छन् । बकैया गाउँपालिका १० मन्थलीमा शेरु खोलामा आएको बाढीले मंगल सिंह न्याचुरको घर बगाउँदा एकै परिवारका ६ जनासहित ७ जना हराइरहेका छन् ।
प्रकाशित मिति: शनिबार, साउन २८, २०७४