काठमाडौं । काठमाडौंस्थित वाग्मती नदीमा मंगलबार (भदौ २३) दिउँसो बाढी आएको छ ।
वर्षासँगै गौरीघाट जलमापन केन्द्रमा वाग्मतीको जलसतह सतर्कता तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले नदी आसपासका क्षेत्र तथा डुबान भइरहने स्थानका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
“भदौ २३ दिउँसो ०२ः५० बजे काठमाडौंस्थित वाग्मती नदीको गौरीघाट जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेकोले नदी आसपासको क्षेत्र र डुबान भइरहने ठाउँका बासिन्दा उच्च सतर्क रहनुहोला,” महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३