२५ साउन, काठमाडौँ । गृहमन्त्री जनार्दन शर्माले रौतहटको गरुडामा सडकमा खनिएको खाल्डोमा परी चार बालबालिकाको मृत्यु भएको सम्बन्धमा छानबिन जारी रहेको बताएका छन । व्यवस्थापिका–संसद्को बुधबारको बैठकमा सभामुखसँग समय लिएर मन्त्री शर्माले मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख दीपक काफ्लेको संयोजकत्वमा गठित छानबिन समिति घटनास्थलमा पुगेर अध्ययन गरिरहेको र प्रतिवेदन प्राप्त भएपछि दोषीलाई कारबाही गरिने बताए ।
प्रकाशित मिति: मंगलबार, साउन २४, २०७४