२५ साउन, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराई आज अस्पतालबाट घर फर्किएका छन् । साउन २० गते प्रोस्टेटको शल्यक्रिया गरे पश्चात चिकित्सकको निगरानीमै भक्तपुरको नागरिक सामुदायिक अस्पतालमा रहेका संयोजक भट्टराईको स्वास्थ्यमा सुधार भएपछि बुधबार घर फर्किएका हुन । भट्टराईलाई अझै दुई हप्ता घरमै आराम गर्न चिकित्सकले सल्लाह दिएका छन । यसैबीच आजै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले अस्पतालमै भेट गरी भट्टराईको स्वास्थ्य लाभको कामना गरे । भेटमा ओली र रेग्मी दुबैले भट्टराईको स्वास्थ्यका साँथै राष्ट्रिय राजनीतिका विषयमा पनि कुरा गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, साउन २४, २०७४