२५ साउन, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फुटाएको भन्दै संसद बैठकमा आक्रोश पोखिएको छ । राप्रपाका सांसद दीलनाथ गिरीले बुधबारको संसद बैठकमा राप्रपाको विभाजनमा देउवाले भूमिका खेलेको प्रमाण आफूरुले पाएको बताए । विगतको गलत पृष्ठभूमिलाई सच्याउँदै देउवा सच्चिएर भनेर प्रधानमन्त्रीमा मत दिएको भन्दै सरकार गठन भएको दुई महिनामा सरकारका तर्फबाट गलतमात्र व्यवहार भएको बताए । उनले सरकारकाले भ्रष्टाचारलाई संरक्षण गरेको भन्दै वर्तमान सरकारको औचित्य सकिएको बताए । उनले राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए ।
प्रकाशित मिति: मंगलबार, साउन २४, २०७४