२५ साउन, काठमाडौँ । काठमाडौँको नयाँबजारमा बुधबार बिहान मिनिट्रक दुर्घटनामा परेको छ । साढे ५ बजेतिर बा २ ख ३६७६ नम्बरको पानी ट्याङकरले बा २ ख ८२५७ नम्बरको मिनी ट्रकलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । दुर्घटनामा मिनी ट्रक चालक, काठमाडौं स्वयम्भु बस्ने ३५ वर्षका ज्ञान बहादुर तामाङ र परिचालक २५ वर्षका आशिष मगर घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये चलकको अवस्था गम्भीर रहेको छ । घाइते दुवैको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचार भैरहेको छ । पानी ट्याङकर चालक फरार रहेकाले खोजी भैरहेको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २४, २०७४