काठमाडौँ । पछिल्लो २४ घण्टामा २,६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,२५९ जनामा गरिएको पीसीआर परीक्षणमा १,७२८ र ४४८९ एन्टिजेन परीक्षणमा ९०८ गरी २,६३६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ४,४८९ जना संक्रमणमुक्त भएका छन् भने, २० जनाको मृत्यु भएको छ । हाल देशमा सक्रिय संक्रमितको संख्या ३५ हजार ३१० जना रहेको छ ।
प्रकाशित मिति: मंगलबार, असार १५, २०७८