काठमाडौँ । पछिल्लो २४ घण्टामा २,४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६४८ जनामा गरिएको पीसीआर परीक्षणमा १५०९ र ४९९२ जनाको एन्टिजेन परीक्षणमा ९३५ जना गरी २४४४ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४२ जनाको मृत्यु भएको छ भने, ३८५३ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: सोमबार, असार १४, २०७८