काठमाडौँ । पछिल्लो २४ घण्टामा १,९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६००० जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ३००७ जना संक्रमणमुक्त भएका छन् भने, ३४ जनाको मृत्यु भएको छ ।
संक्रमितमध्ये काठमाडौँ उपत्यकमा ४२४ जना रहेका छन् । जसमा काठमाडौँ जिल्लामा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जना रहेका छन् ।
प्रकाशित मिति: आइतबार, असार १३, २०७८