काठमाडौँ । आज काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका प्रजिअहरुको बैठक बस्दै छ । लामो समयदेखि उपत्यकामा जारी निषेधाज्ञाबारे थप निर्णय गर्न बैठक बस्न लागेको हाे ।
बैठकमा कोरोना सङ्क्रमण अझै घट्नुपर्ने जति नघटेकोले निषेधाज्ञा तथा सार्वजनिक सवारी साधन सञ्चालनबारे छलफल हुनेछ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्याङ्क हेर्दो अघिल्लो साता र यो साताको सङ्क्रमण दर उस्तै उस्तै देखिएकाले निषेधाज्ञा पूर्णरुपमा खुला गर्न थप जोखिम हुनसक्ने विज्ञहरूको भनाइ छ ।
गत साता बसेको प्रजिअहरुको बैठकले एक साताका लागि मात्रै निषेधाज्ञा खुकुलो बनाइ थप गरेको थियो भने बार अनुसार पसलहरू खोल्न दिइएको थियो । यसैगरी निजी सवारी साधन पनि जोर बिजोर प्रणाली अनुसार सञ्चालन गरिएको थियो ।पछिल्लोपटक थप गरिएको निषेधाज्ञा सोमबार सकिँदैछ।
प्रकाशित मिति: आइतबार, असार १३, २०७८