२४ साउन, रुकुम । नेपाली कांग्रेसकी सांसद तथा पूर्वराज्यमन्त्री मिठ्ठु मल्ल अन्तरघातको आरोपमा कारबाहीमा परेकी छिन । कांग्रेस रुकुमले मल्ललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । स्थानीय तहको निर्वाचनमा माओवादीलाई जिताउन र पार्टीका उम्मेदवार हराउन भूमिका खेली अन्तरघात गरेको भन्दै पूर्व सहरी विकास राज्यमन्त्री समेत रहेकी मल्लमाथि कारबाही गरिएको कांग्रेसले जनाएको छ । रुकुम कांग्रेसले मल्लसहित २१ जनालाई कारवाही गरेको छ । सांसद मल्लको साधारण सदस्यता जिल्लाले खारेज गर्न नमिल्ने भएकाले सदस्यता खारेजका लागि केन्द्रीय कार्यालयमा सिफारिस गरिएको छ ।
प्रकाशित मिति: सोमबार, साउन २३, २०७४