काठमाडौँ। सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा आएको बाढीपहिरोको कारण बुझन आज विज्ञ टोली जाने भएको छ।
ठुलो बाढी आउने गरी पानी नपरेको देखिए पनि अनपेक्षित रुपमा बाढी कसरी आयो भन्ने बारे बुझन स्थलगत अनुसन्धान गर्न विज्ञ टोली जान लागेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ।
बाढीपहिरो विज्ञ, सिँचाइ विभाग, खानी तथा भूगर्भ विभाग र जल तथा मौसम विभागको टोली त्यसतर्फ जान थालेको हो ।टोलीले मेलम्चीको माथिल्लो स्थलमा के कारणले घटना भयो भन्ने बारे अनुसन्धान गर्ने छ।
प्रकाशित मिति: शनिबार, असार ५, २०७८