२४ साउन, काठमाडौँ । काठमाडौँको कलंकी मन्दिर अगाडि भएको सडक दुर्घटनामा नुवाकोटका २२ वर्षीय अभिषेक घिमिरेको मृत्यु भएको छ । मंगलबार बिहान करिब ६ः४५ बजे बा ४ ख २७१३ नम्बरको यात्रुबाहक बसले घिमिरेले चलाएको बा ६३ प ३५३४ नम्बरकोे मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका घिमिरेको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । बस चालकलाई प्रहरीले पक्राउ गरी सवारीसाधन नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: सोमबार, साउन २३, २०७४