काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
महानगरका मेयर विद्यासुन्दर शाक्यले बिहीबार (आज) आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेलम्ची र हेलम्बुका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ दिने घोषणा गरेका हुन् ।
उक्त रकम भौतिक पूर्वाधार निर्माणमा खर्चका लागि दिइने शाक्यले बताए । हेलम्बु र मेलम्चीले काठमाडौँलाई पानी दिएको कारण पनि महानगरले सहयोग गरेको उनले बताए ।
प्रकाशित मिति: बिहीबार, असार ३, २०७८