२२ साउन, अछाम । अछामको मेल्लेख गाँउपालिक–५ का वडा अध्यक्ष रामबहादुर बोहराको आज मृत्यु भएको छ । बाजुराको बडीमालिका जाने क्रममा लेक लागेर बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिमको प्रशिद्ध धार्मिक तीर्थस्थल बाजुरामा रहेको बढीमालिका मन्दिरमा दर्शनका लागि जाँदै गरेका बोहराको शनिवार राति लेक लागेर मृत्यु भएका प्रहरीले जनाएको छ । तस्बीरः पत्रकार शिवराज खत्रीको फेसबुकबाट ।
प्रकाशित मिति: शनिबार, साउन २१, २०७४