२२ साउन, मोरङ । राष्ट्रिय जनमुक्ति पार्टीको बन्दका कारण पूर्वका नौँ जिल्लाको जनजीवन प्रभावित भएको छ । अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान राज्य बनाउनु पर्ने माग गर्दै राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषदले आइतबार आह्वान गरेको बन्दका कारण जनजीवन प्रभावित बनेको हो । बन्दका कारण तेह्रथुम, धनकुटा, संखुवासभा, ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, सुनसरी, मोरङ गरी ९ जिल्लामा यातायात र बजार पसल ठप्प भएका छन । बजार, पसल, शैक्षिक संस्था र कलकारखाना पनि बन्द छन् । साउन २२ गतेलाई कालो दिन मान्दै आएको राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आइतबारका लागि नौ जिल्ला बन्दको आह्वान गरेको हो ।
प्रकाशित मिति: शनिबार, साउन २१, २०७४