२२ साउन, काठमाडौँ । नेपाल पर्वतारोहरण संघको अध्यक्षमा सन्तविर लामा विजयी भएका छन । आइतबार बिहान घोषित मतपरिणाम अनुसार लामा प्रत्यासी जिम्वा जाङबु शेर्पालाई ६७ मतको अन्तरले हराउदै विजयी भएका हुन् । लामाले तीन सय ८३ ल्याएका छन । निकटतम प्रतिस्पर्धी जिङ्बाजाङ्बु शेर्पाले ३ सय १६ मत प्राप्त गरेका छन । प्रथम उपाध्यक्षमा दिवस विक्रमसाह, द्धितिय उपाध्यक्षमा माया शेर्पा, सचिवमा टिकाराम गुरुङ, कोषाध्यक्षमा सुदर्शन न्यौपाने विजयी भएका छन । १ हजार ३९ जना मतदाता रहेको संघमा शनिवार मतदान भएको थियो । सदस्यमा डा हरी प्रसाद श्रेष्ठ, आङछेवाङ, दागेल्जे शेर्पा, तुलसिंह गुरुङ, पासाङ टेण्डी शेर्पा, सिंगी लामा, मिङमार शेर्पा, विनय शाक्य र संजिव गुरुङ विजयी भएका छन् । एमाले माओवादीका पर्यटन व्यवसायीको गठबन्धन विजयी भएको हो ।
प्रकाशित मिति: शनिबार, साउन २१, २०७४