काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक इजलासमा पुरानै न्यायाधीशहरुलाई निरन्तरता दिएका छन् ।
अधिवक्ताहरुले न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई संवैधानिक इजलासमा नराख्न माग गर्दै आए पनि मंगलबारको इजलासमा पुरानै न्यायाधीशहरुलाई निरन्तरता दिइएको हो।
नेकपा विभाजन सम्बन्धी फैसला गर्ने न्यायाधीश श्रेष्ठ र पुनरावलोकनको माग अस्वीकार गर्ने केसीलाई इजलासमा राख्दा यसले निष्पक्ष फैसलामा असर गर्ने भन्दै अधिवक्ताहरुले उनीहरुलाई इजलासमा नराख्न माग गर्दै आएका छन्
सर्वोच्च बारका प्रतिनिधिहरुले मंगलबार प्रधानन्यायाधीश जबरालाई भेटेर इजलास पुनर्गठनको विषयमा छलफल गर्दैछन् ।
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८