काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।
अध्यक्ष ठाकुरनिकट जसपाका एक नेताका अनुसार सरकारमा सहभागी हुने अन्तिम छलफल गर्न महन्थ र राजेन्द्र बालुवाटार गएका हुन्।अहिले प्रधानमन्त्री ओली र नेताहरू ठाकुर र महतोबीच छलफल भइरहेको छ।
प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८