काठमाडौँ । आसन्न बजेटको पूर्व सन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीले वालुवाटारबाट दिउँसो ४ बजे सम्बोधन गर्ने भएका हुन् ।
गत ७ जेठको मध्यरातमा संसद् विघटन गरेपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउने तयारी भइरहेको छ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते सांसदमा बजेट पेस गर्नुपर्ने हुन्छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८