काठमाडौँ -उपनिर्वाचनबाट राष्ट्रिय सभामा निर्वाचित खिमलाल देवकोटाले पद तथा गोपनीयताको सपथ लिंदैछन् ।
दिउँसो १ बजे संघीय संसद सचिवालयमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सपथ खुवाउने छन् । यही जेठ ६ गते भएको उपनिर्वाचनमा ओली पक्ष एमालेका उम्मेदवार रामबहादुर थापालाई देवकोटाले पराजित गरेका थिए ।
देवकोटाले ५ हजार ८८ मत भार पाएका थिए भने पराजित भएका थापाले ४ हजार १४ मतभार पाएका थिए । माओवादी केन्द्रले एमालेमा लागेका थापालाई कारवाही गरेपछि रिक्त भएको सो स्थानका लागि उपनिर्वाचन गरिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८