काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेका रिटमाथिको प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
रिट निवेदकले अन्तरिम आदेशमार्फत प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको घोषणा बदर गर्न माग गर्दै देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश माग गरेका थिए ।
अब सबै रिटमाथिको सुनुवाइ संवैधानिक इजलासमा हुने प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले आदेश दिएको छ ।सर्वोच्चमा आज देउवाको पक्षका १४ र चुनावको पक्ष तथा केपी ओलीलाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै ४ परेका चार वटा रिटमाथि सुनुवाइ भएको हो ।
प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८