काठमाडौँ । नेकपा (एमाले)ले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहितका ११ जनालाई कारबाही गरेको पत्र पठाउँदै छ । गत आइतबार बालुवाटारमा बसेको बैठकले गरेको निर्णय अनुसार कारबाहीको जानकारीसहित पत्र पठाउन लागिएको एक नेताले जानकारी दिए ।
एमालेले पार्टीबाट निष्कासन गर्ने निर्णय गरेका खनाल र नेपालसहित भीम रावल, मुकुन्द न्यौपाने, कल्याणी खड्का, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र नीरादेवी जैरुलाई पत्र पठाउन लागेको हो ।
प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८