काठमाडौँ। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सभामुखहरुसँग परामर्शमा जाने भएका छन् ।
संसद विघटनपछिको अवस्थाको बारेमा छलफल गर्न मंगलबार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बेठक बोलाइएको हो ।
गत शुक्रबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा प्रतिनिधि सभा भंग गरेर मध्यावधि चुनावको मिति घोषणा गरेकी छन् ।
सोमबार संसद विघटनको विरोधमा १४६ सांसदले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८