काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै माधव नेपाल पक्षका ३० सांसदले हस्ताक्षर गरेका छन् ।
नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद् पुनःस्थापनाको माग गर्दै सर्वोच्चमा रिट दायरको लागि एमालेको नेपाल समूहका ३० सांसदले हस्ताक्षर गरेको नेपाल समूहका एक नेताले जानकारी दिए ।
आइतबार हस्ताक्षर संकलन गरी सर्वोच्च जाने तयारीमा रहेको विपक्षी गठबन्धनका सांसदहरु समय अभावका कारण सोमबारमात्रै सर्वोच्च जाने भएका हुन् । आज सर्वोच्च जानुअघि नेकपा एमालेका नेपाललगायतका नेताहरु सिंहदरबारमा भेला भएका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेर मध्यावधि घोषणा गरेपछि विपक्षी गठबन्धन आन्दोलनमा छन् ।यसअघि देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १४९ जना सांसदहरु नै सर्वोच्चमा उपस्थित हुने तयारी गरिएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८