काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ मा अध्यादेशमार्फत बजेट ल्याइने बताएका छन् ।आज पत्रकारहरुसँग कुराकानी गर्दै ओलीले जेठ १५ गते बजेट स्वभाविक रुपमा अध्यादेशबाट आउने बताएका हुन् ।
बजेट सस्तो लोकप्रियता अथवा चुनाव सकिएपछि परिणाम आइसकेपछि यो सरकार बन्नुभन्दा अगाडि दूरगामी महत्वका जस्ता काम भएका थिए । त्यस प्रकारले देशको भविष्यप्रति गैरजिम्मेवार भएर नआउने ओलीले बताए ।
आफूले यसअघि नै घोषणा गरेका नीतिहरु कार्यान्वयन गर्ने र विकासलाई प्राथमिकता दिइने समेत उनले बताएका छन् । तर यो वर्षको बजेट कोभिडमा केन्द्रित हुने र यस वर्ष विकासका साह्रै ठूला आकांक्षा नराख्ने ओलीको भनाइ रहेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८