काठमाडौँ । नेपाली काँग्रेसले संसद् विघटनविरुद्ध कानुनी र राजनीतिक लडाइँमा जाने निर्णय गरेको छ ।
सभापति शेरबहादुर देउवा निवासमा शनिवार बिहान बसेको काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको विघटनविरुद्ध अदालतको ढोका ढकढक्याउने तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको हो ।
सरकारका लागि दाबी प्रस्तुत गर्दा गर्दै सरकार गठनको आधार नदेखिएको भन्दै संसद् नै भङ्ग गर्नु असंवैधानिक रहेको ठहर काँग्रेसको छ ।
तत्काललाई मध्यावधि चुनाव भन्दा पनि संसद् भंगविरुद्धको लडाइँको रणनीति महत्त्वपूर्ण रहेको जनाउँदै कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय पार्टीमा भएको छ । साथै थप रणनीतिबारे विपक्षी दलसँगको संयुक्त बैठकमा छलफल हुने पनि काँग्रेसका एक नेताले बताएका छन् ।
प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८