संविधानको धारा ७६(५) अनुसार सरकार गठन गर्ने प्रयोजनका लागि बहुमत सांसदको हस्ताक्षर जुटेसँगै विपक्षी गठबन्धनका नेताहरु शीतल निवास लागेका छन् । गठबन्धनबाट प्रस्तावित प्रधानमन्त्री तथा काँग्रेस सभापतिसहित माओवादी, जसपा र एमालेको माधव कुमार नेपाल समूहका नेताहरु दावी पेश गर्नका लागि शीतल निवास लागेका हुन् । माओवादी केन्द्रका नेता वर्षमान पुनका अनुसार देउवाका पक्षमा १४९ सांसदको हस्ताक्षर संकलन भएको छ।
प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८