१९ साउन, काठमाडौं । विद्युत प्राधिकरण कमिनको खेलमा डुब्दा नुवाकोटमा निर्माण गर्न लागेको २५ मेगावाटको ग्रिड सोलार प्रोजेक्ट नै गुम्ने भएको छ । संसदको सार्वजनिक लेखा समितिले अनियमित ढंगले ठेक्का लगाइएको भन्दै पुनः नयाँ ठेक्का गर्न निर्देशन दिएपछि बिश्व बैंकले लगानी नगर्ने जनाएको छ । खेलले नेपाल विद्युत्त प्राधिकरणले नुवाकोटमा निर्माण गर्न लागेको २५ मेगावाटको ग्रिड सोलार प्रोजेक्टनै क्यान्सिल हुने संकेत देखिएको छ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार, बैंकका प्रतिनिधिले बुधबार नै यस्तो जानकारी दिइसकेको आजको नयाँ पत्रिकामा खबर छ । यसअघि यो योजना रोक्न अदालतले पनि अन्तरिम आदेश दिइसकेको छ ।
प्रकाशित मिति: बुधबार, साउन १८, २०७४