काठमाडौँ । नेपाली काँग्रेस, नेकपा माओवादी र जसपाको पक्षबीच सिंहदरबारमा छलफल सुरु भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्म सरकार गठन गर्न समय दिएपछि तीन दल छलफलमा जुटेका हुन् ।
उक्त छलफल काँग्रेस संसदीय दलको कार्यालयमा भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८