काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरूलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन् ।
त्यसबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको साहले बताए । बैठक अघि अध्यक्ष पुष्पकमल दाहालले अन्य दलका नेताहरुसँग पनि छलफल गर्ने भएका छन् ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री पदमुक्त नहुँदै नयाँ सरकार गठनका लागि आह्वान गरेपछि माओवादीले त्यसलाई संसद् विघटन हुँदै संविधान सिध्याउने डिजाइनअन्तर्गत भएको बताएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८